Home Bibles ☰ Books 2 इतिहास 11:4 · नेपाली बाइबल
2 इतिहास 11:4 · नेपाली बाइबल

परमप्रभु यसो भन्नु हुन्छः ‘तिमीहरू आफ्ना भाइहरूसित लड्नु हुँदैन। हरेक व्यक्ति घर फर्की जाओस्। मैले नै यसो हुन दिएको हुँ।”‘ यसर्थ रहबाम अनि तिनका सेनाले परमप्रभुको संन्देश मानेर फर्किए। तिनीहरूले यारोबाम माथि आक्रमण गरेनन्।

Cross references

उत्पत्ति 13:8

यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौ, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा हुनु हुँदैन।

उत्पत्ति 50:20

यो सत्य हो तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने योजना गरेका थियौ। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउँन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो।

2 शमूएल 2:26

अबनेरले योआबलाई चिच्याएर भनें, “के हामी सधैं एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दायू-भाइहरूलाई नखेद्नु भनेर भन।”

1 राजा 11:29

एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।

1 राजा 22:36

र्स्‌यास्त भए पछि एउटा आवाजले भन्यो इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो।

2 इतिहास 10:15

यसरी राजा रहबामले मानिसहरूका कुरा सुनेनन्। किनभने यो कुराहरूको परिवर्तन परमेश्वरबाट आएको थियो। परमेश्वरले यस्तो हुन दिनुभयो। यो यस्तो भयो जसमा कि परमप्रभुले उहाँको वचनलाई सत्य सावित गर्न सकून् जो उहाँले अहियाहद्वारा यारोबामलाई भन्नु भएको थियो। अहियाह शीलोका थिए अनि यारोबाम नबातका छोरा थिए।

2 इतिहास 25:7

तर परमेश्वरका एक व्यक्ति अमस्याह कहाँ आए। परमेश्वरका व्यक्तिले भने, “राजा इस्राएलका सेनालाई तपाईं साथ जान नदिनु होस्। परमप्रभु इस्राएलीहरूका साथमा हुनुहुन्न। परमप्रभु एप्रैमका मानिसहरूका साथ हुनुहुन्न।

2 इतिहास 28:8

इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए।

भजनसंग्रह 33:11

तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ। उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।

होशे 8:4

तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिन। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई ध्वंश गरिनेछ।

प्रेरित 7:26

अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ए मानिस हो! तिमीहरू दाज्यु-भाइहरू हौ! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेछौ?”

1 कोरिन्थी 6:5

अनि त्यस मानिसलाई शैतानको हातमा सुम्पिदेऊ, जसमा कि त्यसको पापी शरीर नष्ट होस् र उसको आत्मा चाँहि प्रभुको दिनमा बचाउन सकियोस्।

Interlinear

Choose Theme