र्स्यास्त भए पछि एउटा आवाजले भन्यो इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो।
Cross references
परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”
तब इस्राएलका मानिसहरू घर फर्के। तिनीहरू तिनीहरूका आफ्नै देश अनि कुल समूहमा फर्के।
पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए।
त्यसपछि राजा शहरको फाटकमा गए। त्यत्ति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए।अब्शालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।
इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः “के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौ! के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं। यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं। दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!” यसकारण इस्राएलका मानिसहरू घर फर्किए।
उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हुँ।”‘ यस कराण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।
यसकारण मीकायाले उत्तर दिए, “म देख्न सक्छु के हुनेछ। इस्राएलका सेनाहरू पर्वत माथि छरिनेछन्। तिनीहरू हेरचाह गर्ने नभएको भेडाहरू जस्तैं हुनेछन्। यही कुरा परमप्रभु भन्नुहुन्छ, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीले घर जानु पर्छ अनि लडाईं गर्नु हुदैन।”‘
त्यहाँ अरामको राजासित
इस्राएलले यहूदालाई परास्त गर्यो। यहूदा घरतिर भाग्यो।