1 राजा 15:1 · नेपाली बाइबल
अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठारहऔं वर्षमा यस्तो भयो।
Cross references
1 राजा 14:31
रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।
2 इतिहास 11:20
तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।
2 इतिहास 13:1
जब राजा यारोबाम अठाह्रौं वर्षमा इस्राएलका राजा भए अबियाह यहूदाका नयाँ राजा भए।
2 इतिहास 13:13
तर यारोबामले सैनिकको एक दललाई अबियाहको सेनाको पछिल्तिर सुटुक्क पठाए। यारोबामका सेना अबियाहको सेना समक्ष थिए। यारोबामका सेनाका गुप्त सैनिकहरू अबियाहका सेनाका पछि थिए।