Home Bibles ☰ Books 1 शमूएल 5:7 · नेपाली बाइबल
1 शमूएल 5:7 · नेपाली बाइबल

जब अश्दोदवासीहरूले यो देखे तिनीहरूले भने, “इस्राएलको परमेश्वरको सन्दूक यहाँ राख्न सकिन्न। परमेश्वरले हाम्रा देवता दागोनलाई मात्र होइन तर उहाँले हामीलाई पनि पूरा दण्ड दिनुभयो।”

Cross references

प्रस्थान 8:8

फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाउन भनी परमप्रभुलाई भन, म मानिसहरूलाई आफ्नो परमप्रभु अघिबलि चढाउनु छोडीदिनेछु।”

प्रस्थान 8:28

यसर्थ फिरऊनले भने, “म परमप्रभु तिमीहरूका परमेश्वरलाई बलि चढाउन मरूभूमिमा जान दिनेछु। तर तिमीहरू ज्यादै टाढा जान पाउँने छैनौ अहिले जाऊ अनि मेरो निम्ति प्रार्थना गर।”

प्रस्थान 9:28

परमेश्वर द्वारा परेको असिना अनि गर्जन एकदमै बेशी भयो। परमेश्वरसित आँधी थाम्नको निम्ति प्रार्थना गर, म तिमीहरूलाई जान दिनेछु। तिमीहरूले यहाँ बस्नु पर्ने छैन।”

प्रस्थान 10:7

त्यसपछि कर्मचारीहरूले फिरऊनलाई सोधे, “कहिलेसम्म हामी यी मानिसहरूको फन्दामा परिरहने छौं? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न मानिसहरूलाई जान दिनोस्। यदि तपाईंले जान दिनु भएन भने, तपाईंले चाल पाउनुअघि नै मिश्र ध्वंश हुनेछ।”

प्रस्थान 12:33

मिश्र देश वासीहरूले पनि भने, “तिमीहरू चाँडै गइहाल। किन? किनभने, यदि तिमीहरू गएनौ भने हामीहरू सबै मर्न सक्छौ।”

1 शमूएल 4:8

हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए।

1 शमूएल 5:3

भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे। अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए।

1 शमूएल 6:20

यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”

2 शमूएल 6:9

त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?”

1 इतिहास 13:11

परमेश्वरले उहाँको क्रोध उज्जाह प्रति देखाउनु भयो अनि यसले दाऊदलाई अप्रशन्त तुल्यायो। त्यस समय देखि अहिले सम्म त्यस स्थानलाई “पेरेस-उज्जाह” भनिन्छ।

1 इतिहास 15:13

अघिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेनौं। तिमी लेवीहरूले त्यो बोकेनौ अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।”

यर्मिया 46:25

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु।

यर्मिया 48:7

तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ। यसकारण तिमीहरू कैदमा पर्यौ। उसका अधिकारीहरू र पूजाहारीहरूसितै कमोशलाई देश निष्कासन गरियो।

Interlinear

Choose Theme