Home Bibles 1 शमूएल 3:9 · नेपाली बाइबल
1 शमूएल 3:9 · नेपाली बाइबल

एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।”‘यसकारण शमूएल ओछ्यानमा गए।

Cross references

प्रस्थान 20:19

तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगरून। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”

यहोशू 5:14

त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हुँ। म भर्खरै तिमी कहाँ आएको छु।” तब यहोशूले भूइँतिर आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाइको सेवक हुँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?”

भजनसंग्रह 85:8

उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाए। परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ। यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने उनीहरूले शान्ति पाउने छन्।

भजनसंग्रह 85:9

परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउँनु हुनेछ। हामीहरू चाडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।

यशैया 6:8

त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?”यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”

दानियल 10:19

त्यसपछि उनले भने, ‘प्रिय मानिस, नडराऊ! बलियो होऊ।’ “जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनें, ‘महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।’

प्रेरित 9:6

उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”

Interlinear

Choose Theme