परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउँनु हुनेछ। हामीहरू चाडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
Cross references
एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।”‘यसकारण शमूएल ओछ्यानमा गए।
मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ, तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”
दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्।
तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसंगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्।
म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”
यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो?
“यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, ‘परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?’ अथवा ‘परमप्रभुले के भन्नुभयो?’
म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।
तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ।
म तिमीलाई तल त्यो गहिरो पातालमा पठाईदिन्छु, जुन ठाँउमा मरेका मानिसहरूछन्। ती पहिले मरिसकेका मानिसहरूसँग तिमीले भेट गर्नेछौ। म तिमीहरूलाई ती सबै प्राचीन अनि खाली शहरहरू जस्तै पातालमा पठाउँछु। तिमीहरू ती मानिसहरूसँग रहनेछौ जो चिहानमा जान्छन् अनि त्यस बेला तिमीहरूसँग कोही पनि हुनेछैनन्। तिमी फेरि कहिल्यै जीवितहरूको देशमा बस्नेछैनौ!
“म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु। परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु। म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”
म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।
परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरुको महिमा हुनेछु।”‘
सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यु, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्।
तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”
वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
यदि कुनै मानिसले परमेश्वरको इच्छा अनुसार काम गर्न चाहन्छ भने तब उसले मेरो शिक्षण परमेश्वरबाटै आँउछ भनी बुझ्नेछ। यो मेरो आफ्नै शिक्षण होइन भनेर उसले जान्दछ।
कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँचो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे।
कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोप्पातिर पठाऊ अनि शिमोन पत्रुसलाई आउनु भन्ने निमन्त्रन गर।
पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यु-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँचो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ!