Home Bibles 1 शमूएल 3:10 · नेपाली बाइबल
1 शमूएल 3:10 · नेपाली बाइबल

परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!”शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।”

Cross references

यहोशू 5:14

त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हुँ। म भर्खरै तिमी कहाँ आएको छु।” तब यहोशूले भूइँतिर आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाइको सेवक हुँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?”

1 शमूएल 3:4

परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए।

1 शमूएल 3:8

परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।”त्यत्तिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो।

Interlinear

Choose Theme