Home Bibles 1 शमूएल 29:6 · नेपाली बाइबल
1 शमूएल 29:6 · नेपाली बाइबल

यसकारण आकीशले दाऊदलाई बोलाएर भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शुरूदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिश्ती सेनाहरूले तिमीलाई सहमति गर्न चाँहदैनन्।

Cross references

उत्पत्ति 16:6

तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी।

गन्ती 27:17

म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”

व्यवस्था 10:20

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।

यहोशू 22:30

पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए।

1 शमूएल 20:3

तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।”

1 शमूएल 27:8

दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।

1 शमूएल 28:10

शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै दण्ड सामना गर्नु पर्ने छैन।”

1 शमूएल 29:3

पलिश्ती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?”आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुनू। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अघिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-त्रुटी दाऊदमा पाइनँ।”

2 शमूएल 3:25

तपाईंले अबनेर ‘नेरका’ छोरालाई चिन्नु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।”

2 राजा 19:27

म जान्दछु तिमी कहिले बस्छौ म जान्दछु तिमी कहिले लडाइँ गर्न जान्छौ अनि कहिले तिमी घर फर्किन्छौ। अनि म जान्दछु कहिले तिमी ममाथि रिसाएको हुन्छौ।

भजनसंग्रह 121:8

तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

यशैया 37:28

म तिम्रा सारा युद्धहरूका विषयमा जान्दछु। तिमीले कहिले आराम गर्यौ त्यो म जान्दछु, तिमी कहिले युद्ध तर्फ गयौ त्यो म जान्दछु तिमी कहिले युद्धबाट घरमा फर्कियौ म जान्दछु। म यो पनि जान्दछु कि तिमी मसित कहिले खिन्न भयौ।

यशैया 65:16

अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशिर्वाद दिइरहेका छन्। तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ उहाँको नाउँमा आशिर्वाद दिनेछन्। मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्, तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्। किन? किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ। मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।

यर्मिया 12:16

यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउछु।

मत्ती 5:16

त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।

1 पत्रुस 2:12

मानिसहरु जसले विश्वास गर्दैनन् तिनीहरु तिमीहरुका वरिपरि छन्। ती मानिसहरुले तिमीहरुले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरुले गरेका असल कुराहरु तिनीहरुले देख्नेछन् अनि तिमीहरुले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।

1 पत्रुस 3:16

तर ती मानिसहरुलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरुले सही कार्य गरिरहेका छौ। जब तिमीहरु यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरुको चरित्रको विषयमा निन्दा गर्नेहरु लज्जित हुनेछन्।

Interlinear

Choose Theme