Home Bibles 1 शमूएल 27:8 · नेपाली बाइबल
1 शमूएल 27:8 · नेपाली बाइबल

दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।

Cross references

प्रस्थान 15:22

मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरूभूमितिर डोर्याउने गरे। तिनीहरू मरूभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्।

प्रस्थान 17:8

रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे।

प्रस्थान 17:14

तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”

गन्ती 13:29

नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”

गन्ती 14:45

त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेद्दै लगे।

यहोशू 13:2

त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ,

यहोशू 13:13

इस्राएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरू माझ बस्छन्।

यहोशू 16:10

तर एप्रैमका मानिसहरूले कनानी मानिसहरूलाई गेजेर शहर छाड्न बाध्य तुल्याउन समर्थ थिएनन्। यसकारण कनानी मानिसहरू एप्रैमी मानिसहरू माझ बस्छन्। तर कनानी मानिसहरू एप्रैमी मानिसहरूका दास भएका छन्।

न्यायकर्ता 1:29

एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घटूना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे।

1 शमूएल 15:7

शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्‌दै गए।

1 शमूएल 30:1

तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए।

2 शमूएल 13:37

दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे।अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशूरका राजा थिए।

2 शमूएल 14:23

तब योआब गेशूर गएर अब्शालोमलाई यरूशलेम लिएर आए।

2 शमूएल 14:32

अब्शालोमले योआबलाई भने, “मैले तिमीकहाँ खबर पठाएँ मैले तिनीलाई यहाँ आउनु भने। म तिमीलाई राजाकहाँ पठाउन चाहान्थे। म तिमीद्वारा राजालाई सोध्न चाहान्थे मलाई गेशूरबाट यहाँ ल्याउ। यो मलाई असल हुने थियो यदि म त्यही भएको भए, मलाई राजासित भेटून देऊ यदि मैले पाप गरेको भए उसले मलाई मारून्।”

2 शमूएल 15:8

मैले त्यो प्रतिज्ञा म गेशूरणमा बसेको समयमा गरेको थिएँ। मेरो प्रतिज्ञा थियो, ‘यदि परमप्रभुले मलाई यरूशलेम फिर्ता गराउनु भयो भने म परमप्रभुको सेवा गर्नेछु।”‘

1 राजा 9:15

राजा सुलेमानले दासहरूलाई उसको महल र मन्दिर बनाउने काममा वाध्य गराएका थिए। तब उसले ती दासहरूलाई अरू धेरै सामानरू बनाउने काममा लगए। उनले मिलो निर्माण गरे। उनले यरूशलेमको वरिपरि पर्खाल पनि निर्माण गरे। तब उनले हासोर, मगिद्दो अनि गेसेर शहरहरू फेरि बनाए।

1 इतिहास 2:23

तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका स-साना शहरहरू थिए। जम्मा साठ्ठीवटा स-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।

Interlinear

Choose Theme