Home Bibles यहोशू 13:2 · नेपाली बाइबल
यहोशू 13:2 · नेपाली बाइबल

त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ,

Cross references

उत्पत्ति 10:14

पत्रुस, कसलू अनि कपतोर मानिसहरुका पिता थिए। (पलिश्ती मानिसहरु कसलूका सन्तान थिए।)

उत्पत्ति 26:1

एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पलिश्ती राजा अबीमेलेककहाँ गए।

प्रस्थान 23:29

तर ती मानिसहरूलाई म तिम्रो भूमि एकै वर्षमा छोडन बाध्य गराउने छैन नत्र त्यो भूमि खाली हुनेछ अनि त्यहाँ जंगली जनावरहरू बढेर तिमीहरूलाई नोक्सानमा पार्नेछन।

व्यवस्था 11:23

तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ।

यहोशू 12:5

ओगले हेर्मोन पर्वत, सलका अनि बाशानका समूर्ण क्षेत्रमा शान गरे। तिनको भूमिको सीमाना त्यहाँ अन्त हुन्थ्यो जहाँ गशूर अनि माका ती मानिसहरू बस्दथे। ओगले गिलादका आधा भूमिमा पनि शासन गरे। यो भूमि हेश्बोनका राजा सीहोनको इलाकाको सीमानासम्म थियो।

यहोशू 13:11

गिलाद शहर पनि त्यस भूमिमा थियो। अनि त्यो क्षेत्र जहाँ गशूर अनि माकाका मानिसहरू त्यस भूमिमा बस्दथे। सम्पूर्ण हेर्मोन पर्वत अनि सम्पूर्ण बाशानका सलकासम्मको क्षेत्र त्यस भूमिमा थियो।

यहोशू 13:13

इस्राएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरू माझ बस्छन्।

न्यायकर्ता 3:1

परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनुहुन्थ्यो। यससमय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्।

1 शमूएल 27:8

दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।

2 शमूएल 3:3

माहिलो छोरो किलाब थिए। उसकी आमा कर्मेलका नावालकी विधुवी अबीगेल थिइन्। साँहिलो छोरा अबशालोम थिए। अबशालोमकी आमा गशूरका राजा तिल्मैकी छोरी माकाह थिइन्।

2 शमूएल 13:37

दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे।अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशूरका राजा थिए।

2 शमूएल 15:8

मैले त्यो प्रतिज्ञा म गेशूरणमा बसेको समयमा गरेको थिएँ। मेरो प्रतिज्ञा थियो, ‘यदि परमप्रभुले मलाई यरूशलेम फिर्ता गराउनु भयो भने म परमप्रभुको सेवा गर्नेछु।”‘

योएल 3:4

“हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरु को वास्ता छैन? के तिमीहरु मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छतिमीहरुले यो सोचिरहेका होलाऊ कि तिमीहरुले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरुलाई दण्ड दिनेछु।

सपन्याह 2:5

पलिश्तीको उपकुलमा ऋेटबाट आएर बस्ने मानिसहरू हो! यो परमप्रभुको संदेश तिमीहरूको लागि हो। कनानका भूमिहरू र पलिश्तीका भूमिहरू अनि तिनीहरू ध्वंश हुनेछन् त्यहाँ कोही मानिस पनि बाँच्ने छैनन्।

Interlinear

Choose Theme