Home Bibles 1 शमूएल 25:23 · नेपाली बाइबल
1 शमूएल 25:23 · नेपाली बाइबल

त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्।

Cross references

यहोशू 15:18

जब अक्सा ओत्निएल कहाँ आई, ओत्निएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिइन्, कालेबले सोधे, “तँ के चाहन्छेस्?”

न्यायकर्ता 1:14

अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन कालेबले तिनलाई भने, “के गल्ती भयो?”

रूथ 2:10

तब रूथले भूइँ तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”

1 शमूएल 20:41

केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भूईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाई खाए र दुवै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए।

1 शमूएल 24:8

दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!” शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए।

1 शमूएल 25:41

अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”

1 इतिहास 21:21

दाऊद ओर्नान डाँडा तिर उकालो लागे। ओर्नानले तिनलाई देखे र खला छाडे। तिनी दाऊद भए तिर गए अनि तिनको सामुन्ने भूइँछुने गरी शिर झुकाई प्रणाम गरे।

Interlinear

Choose Theme