Home Bibles 1 शमूएल 25:31 · नेपाली बाइबल
1 शमूएल 25:31 · नेपाली बाइबल

तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।”

Cross references

उत्पत्ति 40:14

तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सझना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकुँ।

1 शमूएल 24:15

परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुई बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैले देखाउनु हुनेछ कि म सही छु।”

1 शमूएल 25:33

तिम्रो सही विचारको निम्ति परमेश्वरले तिमीलाई आशीर्वाद दिऊनू। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्यौ।

1 शमूएल 25:40

दाऊदका नोकरहरू कर्मेलमा आएर अबीगेललाई भने, “दाऊदले हामीलाई पठाउनु भएको छ। तपाईं उहाँकी पत्नी हुनुहोस् भन्नु भनी उहाँले समाचार पठाउनु भएको छ।”

1 शमूएल 26:23

परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहदिन।

2 शमूएल 22:48

उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ।

भजनसंग्रह 94:1

हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।

हितोपदेश 5:12

तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो?

लूका 23:42

त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”

रोमी 12:19

हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छः “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।”परमप्रभु भन्नुहुन्छ।

रोमी 14:21

मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै।

2 कोरिन्थी 1:12

यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।

Interlinear

Choose Theme