Home Bibles 1 शमूएल 25:30 · नेपाली बाइबल
1 शमूएल 25:30 · नेपाली बाइबल

तपाईंलाई परमप्रभुले धेरै राम्रो कार्य गर्ने वचन दिनु भएको छ। उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईंलाई इस्राएलको अगुवा बनाउनुहुनेछ।

Cross references

1 शमूएल 13:14

अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्ट्याउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।”

1 शमूएल 15:28

शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ।

1 शमूएल 23:17

जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुनेछ। मचाहिं तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।”

1 शमूएल 24:21

अब मलाई एउटा वचन देऊ। परमप्रभुको शपथ खाएर वचन देऊ कि मेरो सन्तानहरू कसैलाई पनि मार्ने छैनौ। मेरा पिताको परिवारबाट मेरो नाउँ निशान हटाउँने छैनौ।”

भजनसंग्रह 89:20

मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्‍यसलाई अभिषेक गरेको छु।

Interlinear

Choose Theme