Home Bibles 1 शमूएल 23:6 · नेपाली बाइबल
1 शमूएल 23:6 · नेपाली बाइबल

जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए।

Cross references

प्रस्थान 28:6

“एपोद बनाउँदा ती मानिसहरूले मिहीन वस्त्र, निलो, बैजनी अनि रातो धागो र सुनको धागो प्रयोग गरून्। यो कार्य अत्यन्तै शिपालु मानिसहरूले गर्नु पर्छ।

प्रस्थान 28:30

ऊरीम र तुम्मीम सँधै त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हारून जब परमप्रभुको सामुन्ने जान्छन उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हारून जब परमप्रभु अघाडी हुन्छन् इस्राएली मानिसहरूलाई न्याय गराइने साधनहरू सबै आफूसित राखिएको हुन्छ।

1 शमूएल 14:3

एकजनाको नाउँ अहियाह थियो। अहिया ईकाबोदका भाइ अहीतूबका छोरा थिए। ईकाबोद पीनहासका छोरा थिए। पीनहास एलीका छोरा थिए। अहिले एली शीलोमा परमप्रभुको पूजाहारी थिए। अहियाह पूजाहारी थिए अनि तिनले एपोद लगाएका थिए। यी मानिसहरूले जोनाथन गइसकेको कुरा चाल पाएनन्।

1 शमूएल 14:18

शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।

1 शमूएल 14:36

शाऊलले भने, “आज राती हामी पलिश्तीहरूलाई लखेट्नेे छौं। हामीले तिनीहरूबाट प्रत्येक बस्तु खोस्ने छौं। हामीले तिनीहरू सबैलाई मार्ने छौं।”सैनिकहरूले जवाफ दिए, “तपाईंलाई जे राम्रो लाग्छ, त्यही गर्नुहोस्।”तर पूजाहारीले भने, “परमेश्वरलाई सोध।”

1 शमूएल 22:20

तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले।

Interlinear

Choose Theme