Home Bibles ☰ Books 1 शमूएल 22:20 · नेपाली बाइबल
1 शमूएल 22:20 · नेपाली बाइबल

तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले।

Cross references

1 शमूएल 2:33

तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहुन्जेल र शारीरिक शाक्ति कम्ती नहुञ्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देख्नेछ।

1 शमूएल 4:12

त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बस्त्रहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलोमा पुगे।

1 शमूएल 23:6

जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए।

1 शमूएल 23:9

शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”

1 शमूएल 30:7

दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस।”

2 शमूएल 15:24

सादोक र तिनीसंग भएका लेवीनीहरूले परमेश्वरको करारको सन्दूक बोकेका थिए। तिनीहरूले परमेश्वरको पवित्र सन्दूकलाई राखे। अनि एबीयातारले मानिसहरूले दाऊदसित यरूशलेम नछाडुन्जेलसम्म प्रार्थना गरे।

2 शमूएल 20:25

शेबा सचिव थिए। सादोक र एबीयातार दुवै पूजाहारी थिए।

1 राजा 2:26

तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मार्नु पर्थ्यो, तर म तँलाई आफ्नो घर अनातोत फर्किने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन् किनभने तैंले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।”

1 इतिहास 18:16

सादोक अनि अबीमेलेक पूजाहारीहरू थिए। सादोक अहीतूबका छोरा थिए अनि अहीमेलेक एबियातारका छोरा थिए। शब्शा लेखपाल थिए।

अय्यूब 1:15

शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

अय्यूब 1:19

तब एक जोडदार हावा मरूभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

Interlinear

Choose Theme