Home Bibles ☰ Books प्रस्थान 28:6 · नेपाली बाइबल
प्रस्थान 28:6 · नेपाली बाइबल

“एपोद बनाउँदा ती मानिसहरूले मिहीन वस्त्र, निलो, बैजनी अनि रातो धागो र सुनको धागो प्रयोग गरून्। यो कार्य अत्यन्तै शिपालु मानिसहरूले गर्नु पर्छ।

Cross references

प्रस्थान 26:1

“दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि करूब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ।

प्रस्थान 39:2

तिनीहरूले एपोद सुनको धागो, मिहीन सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोले बनाए।

1 शमूएल 23:6

जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए।

1 शमूएल 30:7

दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस।”

होशे 3:4

यही प्रकारले, इस्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन्। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन्।

Interlinear

Choose Theme