शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमुनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए।
Cross references
अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो संधै जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे।
दबोरा दबोराको खूजर-रूख मुनि बस्ने र्गथिन्। अनि इस्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको खजूरको रूख रामा अनि बेतेल शहरहरूको माझमा, एप्रैमको पहाडी देशमा थियो।
शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए।
अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पकर्यो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैं झै वीणा बजाए।
परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए।
तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो।