Home Bibles ☰ Books 1 शमूएल 18:10 · नेपाली बाइबल
1 शमूएल 18:10 · नेपाली बाइबल

अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पकर्यो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैं झै वीणा बजाए।

Cross references

न्यायकर्ता 16:20

तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रन आइरहेछन्।” तिनी ब्यूँझिए अनि सोचे, “मैले अघि गरे जस्तै म भाग्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी सक्नु भएको थियो।

1 शमूएल 16:14

परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो।

1 शमूएल 16:15

शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो।

1 शमूएल 16:23

जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्थ्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।

1 शमूएल 19:9

परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए।

1 शमूएल 19:10

शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।

1 शमूएल 19:23

त्यसपछि शाऊल रामाको त्यस डेरामा पुगे। परमेश्वरको आत्मा पनि शाऊलमा उत्रियो। शाऊलले पनि अगमवाणी गर्न थाले। शाऊलले बाटोदेखि रामाको डेरा सम्मै अगमवाणी बोले।

1 शमूएल 26:19

हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनुभएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’

1 राजा 18:29

मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।

1 राजा 22:12

सबै अरू अगमवक्ताहरू सिदूकियाले भनेको कुरासित सहमत भए। अगमवक्ताहरूले भने, “गिलादको रामोतमा जाऊ र लडाँईमा विजयी हौऊ। अहिले प्रस्थान गर्नु पर्छ। तिनीहरूले रामोतमा अरामका सेनाको विरोधमा लडाईं गर्नुपर्छ। तिमीले लडाईं जित्ने छौ। परमप्रभुले राजालाई विजयी गराउनुहुनेछ।”

1 राजा 22:20

परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे।

यर्मिया 28:2

“सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाच्नेछु।

यर्मिया 28:11

तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जूवा म सबै जातिहरूको काँधबाट दुइ वर्ष भित्रमा भाँचि दिन्छु।”‘ त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।

जकरिया 13:2

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु।

प्रेरित 16:16

एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घटना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउने गर्थी।

2 थिस्सलोनिकी 2:11

तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भच्च्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्।

Interlinear

Choose Theme