Home Bibles 1 शमूएल 14:2 · नेपाली बाइबल
1 शमूएल 14:2 · नेपाली बाइबल

शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए।

Cross references

1 शमूएल 13:15

त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए।शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्।

1 शमूएल 22:6

शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमुनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए।

यशैया 10:28

सेनाहरू अय्यातनजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्।

यशैया 10:29

तिनीहरू माबराहमा नदी तरेर जानेछन्। सेनाहरू गेबा शहरमा बास बस्नेछन्। रामा डराउनेछन्। शाऊलका गिबामा भएका मानिसहरू भाग्नेछन्।

Interlinear

Choose Theme