Home Bibles अय्यूब 1:19 · नेपाली बाइबल
अय्यूब 1:19 · नेपाली बाइबल

तब एक जोडदार हावा मरूभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

Cross references

उत्पत्ति 37:32

तब तिनीहरूले त्यो लबेदा आफ्नो बाबुलाई देखाए। अनि तिनीहरूले सोधे, “हामीले यो लबेदा पायौं, के यो लबेदा यूसुफको हो?”

उत्पत्ति 42:36

याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्‌याउन चाहन्छौ।”

न्यायकर्ता 16:30

शिमशोनले भने, “मलाई पनि यी पलिश्तीहरूसित मर्न दिनुहोस्।” तब तिनले सकेसम्म जोडले धकेले र त्यो मन्दिर त्यहाँ भएका शासकहरू अनि सबै मानिसहरू माथि ढल्यो। यस प्रकारले शिमशोन आफू जीवित हुँदा भन्दा मरणको बेला धेरै पलिश्ती मानिसहरूलाई मारे।

2 शमूएल 18:33

तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”

1 राजा 20:30

बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।

यर्मिया 4:11

त्यस समयमा यहूदा र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ, “मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट तातो हावा बहने छ तर तिनीहरूलाई निफन्न अथवा सफा पार्नु होइन।

मत्ती 7:27

अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।’

लूका 13:1

त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए।

प्रेरित 28:4

त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”

एफिसी 2:2

हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ।

Interlinear

Choose Theme