2 इतिहास 8:1 · नेपाली बाइबल
परमप्रभुको मन्दिर अनि आफ्नो भवन निर्माण गर्नका निम्ति सुलेमानलाई बीस वर्ष लाग्यो।
Cross references
1 राजा 6:38
मन्दिर वर्षको आठौं महीना बूलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौं वर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात वर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो।
1 राजा 7:1
राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 वर्ष लाग्यो।
1 राजा 9:1
यस प्रकार सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूरा गरे। सुलेमानले ती सबै चीजहरू बनाए जो उनी बनाउन चाहन्थे।
1 राजा 9:10
परमप्रभुको मन्दिर अनि राजाको महल बनाउनलाई राजा सुलेमानलाई बीस वर्ष लाग्यो।