अनि बीस वर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए।
Cross references
यसर्थ इस्राएलका मानिसहरूले “शरणस्थान-शहरहरू” घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिएः गालीलमा नप्तालीको पहाडी देश कादेश एप्रैमको पहाडी देश शकेममा।यहूदाको पहाडी देशमा किर्यतर्बा (हेब्रोन)।
यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मज्दुरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।”
दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्।
अनि हामी लबानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यरूशलेममा लान सक्नु हुने छ।”
त्यसपछि सुलेमानले फेरि ती शहरहरू बनाए जो हूरामले तिनलाई दिएका थिए। अनि सुलेमानले इस्राएलका केही मानिसहरूलाई ती शहरूहरूमा बस्ने अनुमति दिए।