Home Bibles ☰ Books 1 राजा 7:4 · नेपाली बाइबल
1 राजा 7:4 · नेपाली बाइबल

त्यहाँ तीनलहर एकाआर्कामा फर्किएका ढोकाहरू थिए।

Cross references

1 राजा 6:4

त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँधुरो अनि भित्रबाट फराकिलो थियो।

1 राजा 7:5

प्रत्येक छेऊमा तीनवटा दैलाहरू थिए। सबै ढोकाहरू अनि चौखटहरू चारकुने थिए।

यशैया 54:12

भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु। मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु। तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जडनेछु।

इजकिएल 40:16

रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर र्फ्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूरका बोटहरू खोपिएका थिए।

इजकिएल 40:22

यसको झ्यालहरू यसको दलान अनि यसको खजूरको बोटहरूले सिँगारेका चित्रका नापहरू त्यही थियो जुन पूर्व पट्टिको मूल-ढोकामा थियो। मूल-ढोका सम्म सातवटा खुट्किला थिए। मूल-ढोकाको दलान भित्र थियो।

इजकिएल 40:25

यसको चारैतिर अरू मूल-ढोकाहरूको जस्तै झ्यालहरू थिए। मूल द्वारको नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

इजकिएल 40:29

कोठाका छेउको पर्खालहरू अनि दलानको नाप बराबर थियो जति अरू मूल-ढोकाहरूको थियो। झ्यालहरू, मूल-ढोका अनि दलानको चारैपट्टि थियो। मूल-ढोकाकोहरू नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

इजकिएल 40:33

पूर्वी द्वारको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलानको नाप त्यही थियो जुन अरू मूल-ढोकाको थियो मूल-ढोका अनि दलानको चारैतिर झ्यालहरू थिए। पूर्वी मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

इजकिएल 40:36

यसको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलान त्यस्तै थिए। मूल-ढोकाको चारैतिर झ्यालहरू थिए। यो पचास हात लामो अनि पच्चीस हात चौडाको थियो।

इजकिएल 41:26

अनि दलानको दुवैपट्टि झ्यालहरूको भित्तामा दलानको माथिल्लो छतमा तथा मन्दिरको चारैतिरको कोठामा खजूरको बोटको चित्र थियो।

Interlinear

Choose Theme