Home Bibles ☰ Books इजकिएल 40:29 · नेपाली बाइबल
इजकिएल 40:29 · नेपाली बाइबल

कोठाका छेउको पर्खालहरू अनि दलानको नाप बराबर थियो जति अरू मूल-ढोकाहरूको थियो। झ्यालहरू, मूल-ढोका अनि दलानको चारैपट्टि थियो। मूल-ढोकाकोहरू नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

Cross references

1 राजा 7:4

त्यहाँ तीनलहर एकाआर्कामा फर्किएका ढोकाहरू थिए।

1 इतिहास 28:11

त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए।

2 इतिहास 31:11

तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।

नहेम्याह 13:5

अनि तिनीले तोबियहाको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका भाँडा-वर्त्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि पूजाहारीहरूले आदेश दिएका थिए।

नहेम्याह 13:9

तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।

यर्मिया 35:2

“यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”

यर्मिया 36:10

त्यसबेला, बारूकले परमप्रभुको मन्दिरमा भेला भएका मानिसहरूको उपस्थितिमा यर्मियाका वचनहरू बेहेरूवाबाट पढे। तिनले परमप्रभुको मन्दिरको नयाँ प्रवेशद्वार छेउमा रहेको मथिल्लो आँगनमाथिको शापनको छोरो गमर्याहको कोठाबाट बेहेरूवा पढे। गमर्याह एकजना सचिव थिए।

इजकिएल 40:7

रक्षकको कोठा एक टाँगो लामो अनि एक टाँगो चौडाई थियो। कोठाको बीचको पर्खालको मोटाई पाँच हात थियो। मन्दिरतिर फर्काएको दलानको ढोकाको सँधार एक टाँगो लामो थियो।

इजकिएल 40:10

मूल-ढोकाको प्रत्येक भित्तामा तीन-तीनवटा सानो-सानो कोठाहरू थिए। उसले प्रत्येक कोठा नाप्यो। ती कोठाहरू र दुवैतिरका स्तम्भहरू एकै नापका थिए।

इजकिएल 40:12

प्रत्येक कोठाको छेउमा एउटा पर्खाल थियो, कोठा वर्गाकार थियो अनि प्रत्येक भित्ताको चौडा छ हात थियो।

इजकिएल 40:16

रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर र्फ्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूरका बोटहरू खोपिएका थिए।

इजकिएल 40:21

यसको हरेक पट्टि तीन-तीन वटा कोठा थियो। यसको द्वार स्तम्भ अनि दलानको नाप एकै थियो, जुन पहिला मूल-ढोकाको थियो। मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौंडा थियो।

इजकिएल 40:25

यसको चारैतिर अरू मूल-ढोकाहरूको जस्तै झ्यालहरू थिए। मूल द्वारको नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

Interlinear

Choose Theme