Home Bibles ☰ Books 1 राजा 2:25 · नेपाली बाइबल
1 राजा 2:25 · नेपाली बाइबल

राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे।

Cross references

न्यायकर्ता 8:20

त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन।

न्यायकर्ता 15:12

तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध्न आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।”शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्ने छैनौ भनी।”

1 शमूएल 15:33

तर शमूएलले अगागलाई भने, “तेरो तरवारले नानीहरूलाई आमाको काखबाट खोस्यो। त्यसकारण अब तेरो आमाले तिनका छोरा-छोरीहरू गुमाउने छन्।” यति भनेर गिलगालमा परमप्रभुको अघि शामूएलले अगागलाई टुक्रा-टुक्रा बनाएर काटिदिए।

2 शमूएल 1:15

तब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफै हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैंले मारें भन्दैछस्।

2 शमूएल 4:12

यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्ने आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा झुण्ड्याए। तब तिनीहरूले ईश्बोशेतको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।

2 शमूएल 8:18

यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाहि प्रमुख थिए।

2 शमूएल 12:10

यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’

1 राजा 2:31

तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो।

1 राजा 2:34

यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरूभूमिमा उनको घरको नजिकै नै गाडीयो।

1 राजा 2:46

तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।

Interlinear

Choose Theme