Home Bibles 1 शमूएल 3:2 · नेपाली बाइबल
1 शमूएल 3:2 · नेपाली बाइबल

एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए।

Cross references

उत्पत्ति 27:1

इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”

उत्पत्ति 48:10

इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन दिंदै अङ्गालो हाले। मनश्शे अनि एप्रैमको लागि आशीर्वाद

उत्पत्ति 48:19

तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि उ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”

1 शमूएल 2:22

एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने।

1 शमूएल 4:15

“मानिसहरू किन यसरी चिच्याइ-चिच्याइ रोईरहेका?”उनै बिन्यामिनी मानिस एलीका सामुने पुगेर सारा घटना बताए।

भजनसंग्रह 90:10

हामी सत्तरी वर्षसम्म बाँच्न सक्छौं, यदि अझ बलियो भए असी वर्षसम्म बाँच्न सक्छौं। हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ। त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं।

उपदेशक 12:3

त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चबाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ।

Interlinear

Choose Theme