Home Bibles 1 राजा 14:23 · नेपाली बाइबल
1 राजा 14:23 · नेपाली बाइबल

मानिसहरूले अग्ला ठाउँहरू, ढुङ्गाका स्मारकहरू अनि अपवित्र स्तम्भहरू बनाए। तिनीहरूले ती चीजहरू प्रत्येक अग्ला पहाड अनि हरियो रूखतल बनाए।

Cross references

लेवी 26:1

“तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

व्यवस्था 12:2

अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्।

व्यवस्था 16:22

परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोखो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।

1 राजा 3:2

मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यस कारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए।

1 राजा 3:3

सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।

1 राजा 12:31

यारोबामले अग्ला ठाउँहरूमा मन्दिरहरूको पनि निर्माण गरे। उनले इस्राएलका विभिन्न कुल समूहहरूबाट पूजाहारीहरू पनि छाने। तर उसले मानिसहरूबाट पूजाहारीहरू छाने यद्यपि तिनीहरू लेवीहरू थिएनन्।

1 राजा 14:15

तब परमप्रभुले इस्राएललाई हिर्काउनु हुनेछ। इस्राएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तैं काम्नेछन्। परमप्रभुले इस्राएलीहरूलाई त्यो असल भूमिबाट निकाल्नु हुनेछन जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यूफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे।

1 राजा 15:12

त्यस समयमा यस्ता मानिसहरू थिए जो आफ्नो शरीर यौनका लागि बेचेर अरू देवताहरूको सेवा गर्दथे। आसाले ती मानिसहरूलाई देश छोड्न वाध्य गराए। आसाले ती मूर्तिहरू पनि हटाए जो उनका पुर्खाहरूले बनाएका थिए।

2 राजा 16:4

आहाजले अग्ला ठाउँहरू, पहाडको शिखर र प्रत्येक हरियो रूखतल बलिदानहरू अनि धूपबलिहरू जलाउँथे।

2 राजा 17:9

इस्राएलीहरूले लुकेर आफ्ना परमेश्वरको विरोधमा कामहरू गर्न थाले। अनि ती कामहरू झूटा थिए।इस्राएलीहरूले सानो शहरदेखि ठूलो शहरसम्म सबै शहरहरूमा अग्ला ठाउँहरू बनाए।

2 राजा 17:10

इस्राएलीहरूले प्रत्येक अग्लो पहाडमाथि अनि प्रत्येक हरियो रूखमुनि स्मारक ढुँङ्गा अशेर खाँबो खडा गरे।

2 राजा 21:3

मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे।

2 इतिहास 24:18

राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए।

2 इतिहास 28:4

आहाजले उच्च स्थानहरूमा, पहाडहरूमा अनि हरेक हरियो वृक्ष मुनि बलिहरू चढाए र धूप बाले।

यशैया 57:5

तिमीहरू सबै हरियो रूख मनि झूटा देवताहरू पूज्न चाहन्छौ। तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।

यर्मिया 2:20

“हे यहूदाका मानिसहरू हो! धेरै अघि तिमीहरूले जुवा हटा यौ। मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें त्यो तिमीहरूले छिनायौ। तिमीहरूले मलाह भन्यौ, ‘म तपाईंको सेवा गर्दिन।’ तिमी प्रत्येक अग्लो पर्वतमाथि र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ।

यर्मिया 3:13

तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरूध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमनि तिमीले पराई देवताहरू पज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।” यो सन्देश परमप्रभुबाट आएको हो।

यर्मिया 17:2

तिनीहरूका नानीहरूले झूटा देवताहरूका बेदीहरू संम्झन्छन्। तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन् जुन अशिराहलाई समप्रित गरेको थियो। तिनीहरूले यी कुराहरू हरियो रूखहरू मनी अनि पहाडहरूमाथि सम्झन्छन्।

इजकिएल 6:3

ती पर्वतहरूसित यसो भन‘हे इस्राएलको पर्वतहरू! परमप्रभु मेरो मालिकको तर्फबाट यो संदेश सुन। परमप्रभु मेरा मालिक पहाडहरू, पर्वतहरू, बेंसीहरू अनि खोल्चाहरूसँग यसो भन्नुहुन्छ! ध्यान देऊ। म (परमेश्वर) शत्रुलाई तिम्रो विरूद्धमा लडनका निम्ति ल्याउँदैछु। म तिम्रो उच्च स्थानहरू नष्ट गरिदिनेछु।

इजकिएल 6:6

जहाँ-जहाँ तिमीहरूका मानिसहरू बस्छन् त्यहाँ नराम्रा कुराहरू ल्याई दिनेछु। तिनीहरू शहरहरूमा खाली ढुङ्गाको थुप्रोमा परिणत हुनेछन्। तिनीहरूको उच्च स्थान नष्ट हुनेछ। किनकि ती पूजा स्थानहरूको प्रयोग फेरि हुन नसकोस्। ती सबै वेदीहरू नष्ट गरिनेछ। मानिसहरूले फेरि ती अपवित्र मूर्तिहरू पूज्ने छैनन्। त्यो सुगन्धि धूपको वेदीहरू स-साना टुक्रा पारिनेछ। तिमीहरूले जे बनायौ त्यो पूर्ण रूपमा नष्ट पारिनेछ।

इजकिएल 6:13

अनि तब मात्र तिमीहरूले थाहा पाउने छौ कि म परमप्रभु हुँ।” तिमीले यो त्यति बेला सम्झने छौ जब तिमी आफ्नो लाश अपवित्र मूर्तिहरूको छेऊ अनि वेदीहरूको चारैतिर देख्नेछौ। ती शरीरहरू तिमीहरूका प्रत्येक पूजा स्थानहरूका ठाउँमा प्रत्येक पहाड तथा प्रत्येक हरियो फल नलाग्ने रूख अनि त्यस रूखको मुनि लाश हुनेछ। ती सबै ठाँउमा तिमीहरूले आफ्नो बलि चढाएकाछौ।

इजकिएल 16:24

“ती सबै कुराहरू पछि तिमीले त्यो असत्य देवताको पूजा गर्न उच्च स्थानहरू बनायौ। तिमीले प्रत्येक बाटोको चोकमा झूटो देवताको पूजाका निम्ति उच्चस्थान बनायौ।

इजकिएल 20:28

तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटीती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए।

मीका 5:14

म अशेरा देवीका पूजाको खम्बाहरु नष्ट गरिदिनेछु। अनि म सबै तिम्रो झूटो देवताहरु नष्ट गरिदिनेछु।

Interlinear

Choose Theme