परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोखो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।
Cross references
“तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।
यसकारण तिनीहरूको वेदीहरू नष्ट गरिदेऊ तिनीहरूका पवित्र खम्बाहरू भत्काइदेऊ अनि तिनीहरूका डण्डाहरू टुक्रा टुक्रा पारिदेऊ।
“तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ।
तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ।
“तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ।
परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किन? किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिदाँ तिनीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्।
इस्राएलीहरूले प्रत्येक अग्लो पहाडमाथि अनि प्रत्येक हरियो रूखमुनि स्मारक ढुँङ्गा अशेर खाँबो खडा गरे।
मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले ‘यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरे।’
तिम्रो छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झुटो कसम नखाऊ। किन? किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो भन्नु भयो।
तर तिमीहरुको पक्षमा केही छ, तिमीहरु निकोलाइहरूलेगरेका कुरा तिरस्कार गर्छौ। तिनीहरुले जे गर्छन् त्यो म पनि घृणा गर्छु। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।
तिमीहरुको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरु माभ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरु छन्।