Home Bibles ☰ Books 2 इतिहास 10:8 · नेपाली बाइबल
2 इतिहास 10:8 · नेपाली बाइबल

तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए।

Cross references

2 शमूएल 17:14

अब्शालोम अनि इस्राएलीहरूले भने, “एरेकी हूशैको सल्लाह अहीतोपेलको भन्दा राम्रो छ।” तिनीहरूले किन यसो भन्यो भने यो परमप्रभु कै योजना हो। परमप्रभुले अहीतोपेलको राम्रो सल्लाहलाई नष्ट पारिदिनु भयो। कसरी परमप्रभुले अब्शालोमलाई सजाय दिनुभयो।

2 इतिहास 25:15

परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।

हितोपदेश 1:25

र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ।

हितोपदेश 9:9

ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।

हितोपदेश 13:20

जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।

हितोपदेश 19:20

उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।

हितोपदेश 25:12

एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्।

हितोपदेश 27:10

आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।

उपदेशक 10:2

ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिंडाउँदछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ।

उपदेशक 10:16

देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ।

यशैया 30:1

परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।

Interlinear

Choose Theme