यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ।
Cross references
“तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्, तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्। तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्, तपाईंको वेदीमा होमबलि चढाउनेछन्।”
अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोडने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ।
केटा-केटीहरू मलाई ध्यान देऊ, म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।
उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे।
तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ, “मेरा मालिक, धरहरामाथि हुनु भएकाले म प्रत्येक दिन नै नियाली रहेकोछु। म प्रत्येक रात उभिएर पहरा दिइरहेकोछु। तर...
“हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदैछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूमाथि घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेताउनी दिनुपर्नेछ।
“अब हे मानिसको छोरो, म तिमीलाई इस्राएलका घरानाको प्रहारी छान्दैछु। यदि तिमीले मेरो मुखबाट केही सन्देश सुन्यौ भने तिमीले मानिसहरूलाई चेताउनी दिनुपर्छ।
“बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ।
यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ।
प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।
एक-रात निकोदेमस् येशूकहाँ आए। उनले भने, “रब्बी, हामी जान्दछौ तपाईं परमेश्0वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।”