अम्रामका छोराहरू हारून अनि मोशा थिए। हारूनलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हारून अनि तिनका सन्तानहरूलाई सदासर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हारून अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो।
Cross references
अम्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 वर्ष बाँचे।
परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो दाज्यू हारून, उसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामारलाई इस्राएली मानिसहरूलाई छोडेर तिमी कहाँ आउनु भन। यी मानिसहरू पूजाहारी भएर मेरो सेवा गर्नेछन्।
“मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप ‘परमप्रभुको निम्ति पवित्र।’
यी चीज तिनीहरू पूजाहारी हुँदा तिनीहरूको प्रायश्चितका निम्ति चढाइएका हुन् अब तिनीहरूले ती उपहारहरू खानु पर्छ। अन्य मानिसहरूले यी उपहारहरू खानु हुँदैन किनभने यी चीजहरू पवित्र हुन्।
“यसर्थ म भेट हुने पाल र वेदी पवित्र पार्नेछु। म हारून र तिनका छोराहरूलाई पनि पवित्र बनाउँनेछु अनि तिनीहरूले मलाई पूजाहारीहरू झैं सेवा गर्न सक्छन्।
वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।
त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ।
“अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।
तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।
त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन।
किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शुद्ध अनि कुन अशुद्धमा भेद राख्नुपर्छ।
“तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो।
“त्यसपछि हारूनले आफ्नो निम्ति पापबलि का लागि साँढे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति साँढे मार्नुपर्छ।
“यसर्थ प्रधान पूजाहारी हुन अभिषेक भएको मानिसले सब चीजहरू पवित्र पार्ने काम गर्नेछन्। आफ्नो बाबुका उत्तराधिकारी तिनै हुन्। ती पूजाहारीले पवित्र सुती लुगा लगाउनु पर्छ।
“हारून, तिनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भन। तिनीहरूलाई भन, परमप्रभुले दिनुभएको आज्ञा यही हो।
अमामी,यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।
“हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिदाँ यसो भन्नु।
त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिम्रा सबै अनुगामीहरू र हारून परमप्रभुको अघि खडा हुनुपर्छ।
त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो।
त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रायश्चित गर्नुहोस्। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”
परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ।
लेवी कुलमा भएका ती मानिसहरू तिम्रो नियन्त्रणमा रहनेछन्। पालभित्र गरिनु पर्ने भैपरी आँउने कामहरू तिनीहरूले गर्नेछन्। तर पवित्र स्थान अथवा वेदीमा राखिएको कुनै पनि चीजको नजिक तिनीहरू जानु हुँदैन। यदि तिनीहरू गए भने तिनीहरू मर्नेछन् अनि तिमी पनि मर्ने छौ।
अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।
त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो।
पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)
इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे।
अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए।हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
शमूएल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए।
तिनीहरूले उज्जियाहलाई भने तपाईंले गल्ती गर्नु हुँदैछ। तिनीहरूले तिनलाई भने, “उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने यो तपाईंको काम होइन। यसो गर्नु तपाईंको निम्ति असल छैन। पूजाहारीहरू अनि हारूनका सन्तानहरूले मात्र परमप्रभुको निम्ति धूप बाल्ने गर्छन्। यी पूजाहारीहरूलाई पवित्र सेवाका निम्ति धूप बाल्न प्रशिक्षित तुल्याइएका छन्। तपाईं यो महा पवित्र स्थानबाट बाहिर जानु होस्। तपाईं विश्वसनीय हुनु भएको छैन। परमप्रभु परमेश्वरले यसका निम्ति तपाईंको सम्मान गर्नु हुने छैन।”
मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए। तिनीहरू मध्ये शमूएल हुन जसले परमेश्वरको नाम पुकारे। तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे, अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।
पूजाहारीहरूले संधैं एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो।
ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।”
ख्रीष्ट येशूको सेवक पावलबाट। परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ।
तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए।
प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफुले आफैलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ।
अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरुको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनोलो बेदीमा राखे।