Home Bibles 1 इतिहास 21:4 · नेपाली बाइबल
1 इतिहास 21:4 · नेपाली बाइबल

तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए।

Cross references

प्रस्थान 1:17

तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए।

2 शमूएल 24:3

तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईंलाई 100 गुणा ज्यादा मानिस दिए र आशीर्वाद दिऊन्। अनि तपाईंका आफ्नै आँखाले ती सबै घटेको देख्न पाओस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”

2 शमूएल 24:4

राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनगणना गर्ने आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्राएलमा जनगणना गर्न राजाबाट विदा लिएर गए।

उपदेशक 8:4

आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन।

दानियल 3:18

तर राजा तपाईंले यो जान्नु पर्ने छ, हामी तपाईं को देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अघाडी झुकेर दण्डवत पनि गर्ने छैनौं।”

प्रेरित 5:29

पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।

Interlinear

Choose Theme