तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईंलाई 100 गुणा ज्यादा मानिस दिए र आशीर्वाद दिऊन्। अनि तपाईंका आफ्नै आँखाले ती सबै घटेको देख्न पाओस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”
Cross references
अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्।
हामी शक्तिशाली हौं, हाम्रो मानिसहरू, र परमेश्वरको शहरको बचाउका निम्ति सहासी भएर युद्ध लडौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।”
तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”
परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई धेरै भन्दा धेरै नै दिऊन्।
यदि धेरै मानिसहरू माथि राजाले शासन चलाउँछ भने त्यो महान हो, तर प्रजा बिनाको राजा तुच्छ हो।
यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला, तिमीहरू डराउनेछौ, तर पछि, तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।