Home Bibles 1 इतिहास 19:10 · नेपाली बाइबल
1 इतिहास 19:10 · नेपाली बाइबल

योआबले देखे कि तिनीसित लड्नका निम्ति दुइ सैन्यदलहरू तयार थिए। एक दल तिनको सामुन्ने थियो अनि अर्को दल तिनका पछिल्लतिर थियो। यसर्थ योआबले इस्राएलका केही सर्वोत्तम सैनिकहरूलाई छाने। तिनले तिनीहरूलाई अरामका सेना विरूद्ध लड्न पठाए।

Cross references

यहोशू 8:22

त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्।

न्यायकर्ता 20:42

यसर्थ बिन्यामीनका सेना इस्राएली सेना देखि भागे। तिनीहरू मरूभूमि तिर भागे। तर तिनीहरू लडइँबाट उम्कन सकेनन्। अनि इस्राएलका मानिसहरू शहरहरूबाट बाहिर निस्के र तिनीहरूलाई मारिदिए।

2 शमूएल 10:9

योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इस्राएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विरूद्ध युद्ध गरे।

Interlinear

Choose Theme