Home Bibles ☰ Books 1 इतिहास 19:3 · नेपाली बाइबल
1 इतिहास 19:3 · नेपाली बाइबल

तर अम्मोनी प्रधानहरूले हानूनलाई भने, “मूर्ख नबन्नुहोस्। दाऊदले वास्तवमा यी मानिसहरू तपाईलाई सहानुभूति दिन वा तपाईंका मृत पिता प्रति सम्मान जनाउन पठाएका होइनन्, दाऊदले तिनका समाचारवाहकहरूलाई तपाईंको देशको जासूसी गर्न भनी पठाएका हुन। दाऊदले वास्तवमा तपाईंको देशलाई ध्वंश पार्न चाहन्छन्।”

Cross references

उत्पत्ति 42:9

यूसुफले आफ्नो दाज्यू-भाइहरूको विषयमा देखेको सपना सम्झे।यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई भने, “तिमीहरू जासूसहरू हौ, अन्न किन्न आएकाहरू होइनौ। हामी कहाँ दुर्बल छौं त्यो जान्न आएका हौ।”

यहोशू 2:1

नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

न्यायकर्ता 1:23

यूसुफका कुल समूहका मानिसहरूले बेथेल शहरमा केही जासूसहरू पठाए। ती मानिसहरू बेथेल शहरलाई पराजित गर्ने मौका खोजीरहेका थिए।

न्यायकर्ता 18:2

यसर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्नका निम्ति उत्तम स्थान खोज्न हिंडे। ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।”ती पाँच मानिसहरू एप्रैमको पहाडीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए।

न्यायकर्ता 18:8

ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरतिर फर्कि गए। तिनीहरूका आफन्तहरूले सोधे, “तिमीहरूले के बुझ्यौ?”

1 शमूएल 29:4

तर पलिश्ती कप्तानहरू आकीशसँग रिसाए। तिनीहरूले भने, “दाऊदलाई फर्काउनुहोस्। तपाईंले दिनुभएको शहरमा उ फर्कनु पर्छ। रणभूमिमा उ हामीसित जान सक्दैन। नत्रभने हाम्रो आफ्नै छाउनी भित्र शत्रु हुनेछ। उसले आफ्नो राजालाई खुशी पार्न हाम्रै मानिस मार्नेछ।

1 शमूएल 29:9

आकीशले जवाफमा भने, “मलाई थाहा छ तिमी असल मानिस हौ। तिमी परमेश्वरका स्वर्गदूत हौ। तर पलिश्ती सेनापतिहरूले भन्दैछन्, ‘दाऊद हामीसित युद्ध भूमिमा जान सक्दैन।’

1 राजा 12:8

तर रहबामले यो उपदेश सुनेनन्। उनले युवकहरूलाई केही सोधे जो उनका मित्र थिए।

1 कोरिन्थी 13:5

प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।

Interlinear

Choose Theme