Home Bibles ☰ Books 1 इतिहास 16:22 · नेपाली बाइबल
1 इतिहास 16:22 · नेपाली बाइबल

परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ। मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।”

Cross references

उत्पत्ति 20:7

यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”

उत्पत्ति 27:39

तब इसहाकले उनलाई भने, “तँ मलिलो भूमिमा बस्न पाउने छैनस्। तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्।

उत्पत्ति 48:19

तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि उ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”

उत्पत्ति 49:8

“हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।

1 राजा 19:16

तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्।

भजनसंग्रह 105:15

परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।

1 यूहन्ना 2:27

ख्रीष्टले तिमीहरुलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरुसित अझ छ। यसर्थ तिमीहरुलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरुलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरुलाई सिकाएको छ त्यसैमा अडी बस।

Interlinear

Choose Theme