Home Bibles ☰ Books 1 इतिहास 16:21 · नेपाली बाइबल
1 इतिहास 16:21 · नेपाली बाइबल

तर परमप्रभुले कसैलाईपनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन। परमप्रभुले तिनीहरूलाई चोट नुपर्याउनु भनी राजाहरूलाई चेतावनी दिनुभयो।

Cross references

उत्पत्ति 12:17

फिरऊनले अब्रामकी पत्नी साराईलाई राखेकोले परमप्रभुले फिरऊन र उसको परिवारमाथि कष्टदायक रोगहरू पठाउनु भयो।

उत्पत्ति 20:3

तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”

उत्पत्ति 31:24

त्यस रात परमेश्वर लाबानको सपनामा देखा पर्नु भयो। परमेश्वरले भन्नुभयो, “होशियार हुनु, याकूबलाई जे भन्छौ प्रत्येक शब्दको निम्ति होशियार हुनु।”

उत्पत्ति 31:29

वास्तवमा तँलाईं चोट पुर्याउने शक्ति मसँग छ, तर हिजो राती तेरो बाबुको परमेश्वर मेरो सपनामा देखा पर्नु भयो। कुनै प्रकारले पनि तँलाईं चोट नपुर्याउनु भनी मलाई चेतावनी दिनु भयो।

उत्पत्ति 31:42

तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रित्तो हात फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”

प्रस्थान 7:15

बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ।

प्रस्थान 9:13

तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून।

सपन्याह 2:10

तिनीहरूको घमण्डको कारण अनि तिनीहरूले सर्वशक्तिमान परमप्रभुका मानिसहरूलाई अपमान अनि गिल्ला गरेको कारण मोआव अनि अम्मोन का मानिसहरूले यो कष्ट भोग्नु पर्नेछ।

Interlinear

Choose Theme