Home Bibles प्रस्थान 7:15 · नेपाली बाइबल
प्रस्थान 7:15 · नेपाली बाइबल

बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ।

Cross references

प्रस्थान 2:5

जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेवीकाहरू नील नदीको छेउमा हिंडे, फिरऊनकी छोरीले डालो अग्ला निगालो घारिको बीचमा देखिन्। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्।

प्रस्थान 4:2

तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?”मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।”

प्रस्थान 7:10

यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।

प्रस्थान 8:20

परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ।

इजकिएल 29:3

भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छहे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु। तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो। तिमीले भन्यौ, “यो मेरो नदी हो! यही नदी हो जुन मैले बनाएँ।”

Interlinear

Choose Theme