उहाँको करार सदैव सम्झ। उहाँले ती आज्ञाहरू हजारौ पुस्ताहरूका निम्ति दिनुभएको छ।
Cross references
“यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।
परमप्रभु सधैं ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।
परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं। अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ। हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!
परमेश्वरको करार पत्र सदा सर्वदा याद गर। याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
“मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्राएलका सबै बासिन्दाहरूको निम्ति हो।”