Cross references
लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।
नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगो द्वारा बलिचढाएको पापले सीनै मरूभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो।
लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुसरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए।हारूनका सन्तानहरू
लेवीका कुल समूहबाट 4,600 मानिसहरू थिए।
तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाईहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाईहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्।