लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे।
Cross references
दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।
सुलेमान बिउँझे। उनलाई थाहा भयो सपनामा परमेश्वरले उनीसँग कुराकानी गर्नुभएको। तब सुलेमान यरूशलेम गए अनि परमप्रभुको करारको सन्दूकसामु उभिए। उनले परमप्रभुलाई होमबलि चढाए अनि मेलबलि दिए। त्यसपछि उनले शासन गर्नमा सघाउने सबै प्रमुख व्यक्ति अनि अधिकारीहरूलाई भोज दिए।
राजा सुलेमान अनि इस्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहरूले धेरै बलिहरू चढाए। तिनीहरूले यति धेरै भेडाहरू अनि पशुहरू मारे, कुनै मानिसले गन्ती गर्न सकेन।
तब राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले उनीसँगै परमप्रभुलाई बलि चढाए।
लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
दाऊदले आपने निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे।
दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्।
दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।
दाऊदले परमेश्वरको करारको सन्दूक किर्यात-यारीमदेखि बोकेर यरूशलेममा ल्याएका थिए। यसलाई राख्नका निम्ति दाऊदले यरूशलेममा एक स्थान बनाएका थिए। दाऊदले परमेश्वरको करारको सन्दूकको निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए।
राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेडा अनि गोरूहरूका बलि चढाए। भेंडा अनि गोरूहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्।
त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै र्हषसाथ मनाए।
परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठनुहोस्। हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठनु होस्।