इस्साकार कुल समूहबाट 200 बुद्धिमान अगुवाहरू थिए। ती मानिसहरूले उचित समयमा इस्राएलले गर्नु पर्ने ठीक कुराहरू जान्दथे। तिनीहरूका आफन्तहरूले तिनीहरूको आदेश भन्द थिए।
Cross references
“इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम गर्न ढल्किएको बलियो गधा जस्तो हो।
यूसुफ शक्तिशाली साँढे जस्तै हो। उसका दुई छोराहरू साँढेका सींगहरू जस्तै छन्। तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन् अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्। हो मनशशेसित हजार मानिसहरू छन् अनि एप्रेमसित दश हजार मानिसहरू छन्।
तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 36,000 सेनाहरू युद्धका निम्ति तयार थिए। तिनीहरूको परिवार ठूलो थियो किनभने तिनीहरूका धेरै पत्नीहरू अनि छोरा छोरीहरू थिए।
यसकारण राजाले उनका ज्ञानी मानिसहरूसंग भने, जो नियमविचार शक्तिका विषयमा एक्दमै चतुर थिए, राजाले यी कुराहरू साधारण रूपले सोधे।
ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ।
एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मनिस भन्दा असल हो।
ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ।
ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो। तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ।
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
यरूशलेम तिमी सम्पन्न छौ। तिनी ईश्वरी ज्ञान र बुद्धिले सम्पन्न छौ। तिमीहरू मुक्तिले समृद्ध छौ। तिमीहरू परमप्रभुको आदर गर्छौ, अनि त्यसैले तिमीहरू समृद्ध छौ। यसर्थ तिमीहरू जान्न सक्छौ तिमीलाई यस्तै भइरहनेछ।
परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ। यसकारण तिमी जातिहरु र तिमीहरु जो यहाँ जम्मा भएकाहरु हो ध्यन देऊ।
अनि बिहान तिमीहरू भन्छौ। आकाश अन्धकार र रातो छ, यसकारण आज आँधी चल्ने छ। यी मौसमका संकेतहरू हुन्। जब तिमीहरू आकाशमा हेरेर त्यसको संकेत बुझ्छौ। भने, अहिले के भइरहेछ त्यो तिमीहरूले बुझ्नु पर्छ। यी पनि संकेतहरू हुन्। तर यी संकेतहरूको अर्थ तिमीहरू बुझ्दैनौ।