Home Bibles हितोपदेश 14:8 · नेपाली बाइबल
हितोपदेश 14:8 · नेपाली बाइबल

ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ।

Cross references

भजनसंग्रह 111:10

ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ। मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्। स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।

भजनसंग्रह 119:5

यदि सँधै तपाईंको विधिहरू पालन गरें भने, परमप्रभु,

भजनसंग्रह 119:34

मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।

भजनसंग्रह 119:73

हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।

भजनसंग्रह 143:8

परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस् तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें!

हितोपदेश 2:9

यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।

हितोपदेश 8:20

म मानिसहरूलाई सही मार्गमा डोर्याँउछु, म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याँउछु।

हितोपदेश 11:18

दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ।

हितोपदेश 12:5

धर्मी मानिसहरूको योजनाहरू न्याय संगत हुन्छन्, तर दुष्टहरूको सल्लाह छलपूर्ण हुन्छन्।

उपदेशक 2:13

मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो।

उपदेशक 2:16

बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सँधै न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।

यर्मिया 13:20

हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेडाका बथानहरू कहाँ छन्?

लूका 12:19

तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै र्वषको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’

एफिसी 4:22

तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोडन सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ।

एफिसी 5:17

यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ।

कलस्सी 1:9

तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौ। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं:परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्।

2 तिमोथी 3:13

मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।

2 तिमोथी 3:15

तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।

याकूब 3:13

यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ।

Interlinear

Choose Theme