Home Bibles यहोशू 15:16 · नेपाली बाइबल
यहोशू 15:16 · नेपाली बाइबल

कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”

Cross references

न्यायकर्ता 1:6

बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औंलाहरू काटिदिए।

न्यायकर्ता 1:12

तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडईं गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्वमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गर्नदिनेछु।”

1 शमूएल 17:25

एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”

1 इतिहास 2:49

माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।

Interlinear

Choose Theme