Home Bibles 1 इतिहास 27:34 · नेपाली बाइबल
1 इतिहास 27:34 · नेपाली बाइबल

यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।

Cross references

1 राजा 1:7

अदोनियाहले सरूयाहका छोरा योआब अनि पूजाहारी एबीयातारसँग कुराकानी गरे। उनीहरूले उनलाई नयाँ राजा हुनमा सहायता गर्ने निर्णय लिए।

1 इतिहास 11:6

दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।

1 इतिहास 18:15

योआब सरूयाहका छोरा दाऊदका सेनाका सेनापति थिए। यहोशापात, अहीलूदको छोरा दाऊदले गरेका कार्यहरूको विषयमा लेखे।

1 इतिहास 27:5

तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।

Interlinear

Choose Theme