Home Bibles ☰ Books यशैया 43:22 · नेपाली बाइबल
यशैया 43:22 · नेपाली बाइबल

“याकूब, तिमीले मेरो पुकारा गरेनौ। किन? किनभने तिमी इस्राएलीहरू मसँग थकित भएकाछौ।

Cross references

अय्यूब 21:14

तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”

अय्यूब 27:9

त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ। तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।

भजनसंग्रह 14:4

दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्। दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ, तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्।

भजनसंग्रह 79:6

हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जुन सम्प्रदायले तपाईंलाई चिन्दैन। तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।

यशैया 64:6

हामी सबै पापले अशुद्ध भएका छौं। हाम्रा असल कामहरू पनि शुद्ध छैनन्। तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्। हामी ओइलएर झरेका पातहरू झैं छौं। हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ।

यशैया 64:7

हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।

यर्मिया 2:5

परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।

यर्मिया 2:11

के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।

यर्मिया 2:31

यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?

यर्मिया 10:25

तपाईंको क्रोध ती जातिहरूमाथि पोखाउनु होस् जसले तपाईंलाई चिन्दैनन् अनि ती मानिसहरूमाथि पोखाउनु होस् ज-जसले तपाईंको नाउँ लिदैनन्। ती जातिहरूले याकूबको परिवारलाई ध्वंस पारे। तिनीहरूले इस्राएललाई पूर्णरूपले ध्वंस पारे। तिनीहरूले इस्राएलको देश ध्वंस पारे।

दानियल 9:13

हामीमाथि आएका सबै विपत्तिहरू मोशाको व्यवस्थाको पुस्तकमा पहिलानै लेखिएका थिए तर पनि हामीले आफ्ना परमेश्वरको सम्मानमा केही गरेका छैनौं। आफ्नो अधर्मको कामबाट हामीले पश्चाताप गरेनौ तपाईं आफ्नो वचनमा प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरामा हामीले ध्यानै दिएनौ।

होशे 7:10

इस्राएलको अहंकारले आफ्नै विरूद्धमा साक्षी दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन न त उहाँको खोजी गर्दछन्।

होशे 14:1

हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।

मीका 6:3

परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरु! के मैले कुनै दिन तिमीहरुलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिँए? मलाई भन! मैले तिमीहरुलाई के गरें?

मलाकी 1:13

अनि तिमीहरू त्यो टेवलबाट भोजनलिन मन पराउँदैनौ तिमीहरूले त्यो खाने कुरा सुँघ्छौ तर खान अस्वीकार गर्छौ। तिमीहरू भन्छौ यो राम्रो होइन। तर यो साँच्चो हैन। तब तिमीहरूले रोगी, खोरण्डाअनि चोट लागेका पशुहरू मेरो निम्ति ल्याउँछौ। तिमीहरूले रोगी पशुहरू मलाई बलिदान दिने चेष्टा गर्छौ। तर म ती रोगी पशुहरू स्वीकार गर्दिनँ।

Interlinear

Choose Theme