Home Bibles जकरिया 6:15 · नेपाली बाइबल
जकरिया 6:15 · नेपाली बाइबल

टाढा-टाढाका मानिसहरु आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरुकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।”

Cross references

व्यवस्था 30:10

व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्यौ र नियमहरूको अनुसरण गर्यौ भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ! यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ।जीवन र मृत्यु

यशैया 3:10

धर्मी मानिसहरूलाई भन, “तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउँनेछन्।

यशैया 49:12

हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन् उत्तर अनि र पश्चिमबाट आइरहेछन्। मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।”

यशैया 56:6

कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुसरण गर्नेछन्।

यशैया 57:19

तिनीहरूलाई मैले एक नयाँ वचन सिकाए ‘शान्ति’ मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु म ती मानिसहरूलाई क्षमा दिनेछु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

यशैया 58:10

तिमीहरूले भोको मानिसहरूसँग दुख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दुख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।

यशैया 60:10

अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्। तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्। जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु। तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।

यर्मिया 7:23

मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’

जकरिया 2:8

सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।

जकरिया 2:13

तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउँनु हुँदैछ।प्रधान पूजाहारीको बारेमा दर्शन्

जकरिया 3:7

सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो, “यदि तिमाले मैले भने जस्तै गरी बस्यै अनि मेरो सेवा गर्यौ भने, तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। तिमीले यसको आँगनको हेरचाह गर्नेछौ अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।

जकरिया 4:8

तब परमप्रभुको समचार मकहाँ यसो भन्दै आयो,

जकरिया 6:12

उसलाई भन, ‘सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ, “त्यहाँ एकजना मानिस छ जसलाई ‘हाँगो’ भनिन्छ। त्यो ‘हाँगो’ जहाँछ त्यहाँबाट निकालिने छ र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।

यूहन्ना 17:20

“म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्।

प्रेरित 2:39

यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैमा बोलाउनु हुन्छ।”

रोमी 16:26

त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ।

1 कोरिन्थी 3:10

परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू बढाइले झैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जंगमाथि घर बनाउँदैनन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ।

एफिसी 2:13

हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाडा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।

1 पत्रुस 2:4

प्रभु येशू सजीव “पत्थर”हुनुहुन्छ। संसारका मानिसहरुले निश्चय गरे कि तिनीहरु त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ।

2 पत्रुस 1:5

यसकारण यी कुराहरु तिमीहरुको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरुको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप।

Interlinear

Choose Theme