त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरुले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरुले उसलाई नयाँ लुगा लगाई दिए।
Cross references
“तिम्रो दाज्यू हारूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्।
उसको टाउकोमा फेटा लगाइदेऊ अनि पवित्र मुकुट फेटामाथि राखि देऊ।
तब मोशाले हारून र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए।
धार्मिकता मेरो लागि पोषाक थियो, निष्पक्षता मेरो लुगा र फेटा थियो।
“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। तब यहोशूलाई यसो भन।
अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।” परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं।
सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरु थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरु बसिरहेका थिए। ती अग्रजहरु सेतो लुगामा थिए अनि तिनीहरुका शिरमा सुनको मुकुट थियो।
तो चौबीस जना अग्रजहरु उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा सर्वदा जीवित रहन्छन्, अग्रजहरु उहाँलाई पूजा गर्छन्। अग्रजहरु आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्
जब भेडाको पाठोले त्यो बेहिएको पत्र लियो ती चार सजीव पशुहरु अनि चौबीस जना अग्रजहरु भेंडाको पाठोको समक्ष निहुरिए। तिनीहरु प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरु परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्।