अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।” परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं।
Cross references
तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्। अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि म तिनीहरूलाई कुकुरहरू सँग मेरो भेडाको रक्षा गर्नलाई राख्थें।
“अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
अनि यसो गर्दा, ती अन्य अगुवाहरू डराउँछन्।
तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
“एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ। त्यो नष्ट हुनेछैन।
येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि हरेक बस्तुमा शक्ति प्रदान गर्नु भएकोछ।
पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै र्फकिरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो।
अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।
जस्तो धर्मशास्त्रामा छन्। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।”जब धर्मशास्त्रमा भनिन्छ कि प्रत्येक बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो।
परमेश्वरले ख्रीष्टलाई सबै शासक, अधिकारी, शक्तिशाली राजाहरूभन्दा पनि बढता महत्वपूर्ण बनाउनु भयो। कुनै यो संसारको दास अथवा भविष्यको संसारको दास, कुनै पनि शक्ति भन्दा ख्रीष्ट महत्वपूर्ण हुनुहुन्छ।
ख्रीष्टले परमेश्वरको आज्ञा पालन गर्नुभयो यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।
अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई करिल्यै भन्नुभएन“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्, जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”