Home Bibles जकरिया 2:7 · नेपाली बाइबल
जकरिया 2:7 · नेपाली बाइबल

हे सियोनका मानिसहरु! जो बाबेलमा कैदीछौ, “दगुर।”

Cross references

उत्पत्ति 19:17

यसर्थ ती दुइ स्वर्गदूतहरुले लूत र उनको परिवारलाई शहरदेखि बाहिर पुर्याए। तिनीहरू शहरबाहिर आएपछि एकजना स्वर्गदूतले भने, “अब तिमीहरूले शहरतिर फकेर्र नहेर्नु, जीवन सुरक्षाको निम्ति भाग, अनि कुनै ठाउँमा पनि नथामिनु बेंसीमा कतै पनि नअडिनु। जबसम्म पर्वतमा पुग्दैनौ तिमीहरू भाग यदि थामियौ भने तिमीहरू शहरसितै नष्ट हुनेछौ।”

गन्ती 16:26

मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”

गन्ती 16:34

अरू सबै इस्राएलका मानिसहरूले ती मानिसहरू पुरिदै गर्दाको आर्तनाद सुनेर चारैतिर तितर बितर हुँदै भने, “धर्तीले हामीलाई पनि निल्छ।”

यशैया 48:20

मेरा मानिसहरू बाबेल त्याग। मेरा मानिसहरू, कल्दीहरूबाट भाग। आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन्। यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ। मानिसहरूलाई भन, “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।

यशैया 52:2

धूलो टक्टकाऊ। आफ्ना आश्चर्य पोषाकहरू लगाऊ! यरूशलेम, सियोनको छोरी, तिमी कैदी थियौ। तर अहिले, आफ्नो साङ्गलाहरूबाट मुक्त छौ जुन बन्धन तिम्रा घाँटी वरिपरि बाँधिएका थिए।

यशैया 52:11

तिमीहरू बन्दी मुक्त हुनुपर्छ। त्यो ठाउँ छोड। पूजाहरीहरू, तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्, यसैले आफूलाई शुद्ध पार। कुनै चीज नछोऊ जुन पवित्र छैन।

यर्मिया 50:8

बाबेलबाट भाग। कल्दीहरूका भूमि छाडिदेऊ। बगालको अघि साँढ भेडा जस्तै होऊ।

यर्मिया 51:6

बाबेलदेखि भाग। प्राण बचाऊ। बाबेलको पापको कारणले ध्वंस नहोऊ। यो समय परमप्रभुले बद्ला लिने समय हो। उसले गरेको कर्म अनुसार उहाँले बद्ला लिनुहुनेछ।

यर्मिया 51:45

हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क, आफ्नो प्राण बचाउन भाग। परमप्रभुको भयानक रीसदेखि भाग।

मीका 4:10

हे सियोनकी छोरी, सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ र मैदानमा बस्नेछौ र माथि बाबेलमा जानेछ्यौ र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। परमप्रभुले तिम्रा शत्रुको हातबाट तिम्रो उद्धार गर्नुहुनेछ।

प्रेरित 2:40

पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।”

प्रकाश 18:4

त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने“मेरा मानिसहरु, त्यस नगरबाट बाहिर निस्क जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्ने छैनौ।

Interlinear

Choose Theme